फाइल तस्वीर
काठमाडौं — जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक समितिको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
आजको बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमितिहरुको गठनलगायत अन्य विषयमा पनि छलफल बताइएको छ । जसपाको कार्यकारिणी समितिको बैठकले यही चैत २७, २८ र २९ गते तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।