फाइल तस्वीर

काठमाडौं — जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो। बैठक पार्टी कार्यालयमा दिउँसो १२:३० बजे बस्नेछ ।

जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ।

चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।