फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज मङ्गलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्नुभएको हो ।