धनगढी — कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । गए राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ ।

उक्त ट्याक्टर दुर्घटनामा घाइतेहरुमा भजनी ९ बस्ने दोहती डगौरा, पेपी डगौरा, ज्योती चौधरी, मगुली चौधरी, मेदी डगौरा, मधु चौधरी, रुपा चौधरी, हिमान्सु चौधरी, अनिता चौधरी, रिदम चौधरी, आरोही चौधरी, तुन्नि चौधरी, ओली चरण चौधरी, रिवस चौधरीको वर्दगोरीया अस्पतालमा उपचार भइरहेको छ । यसैगरी भजनी ९ बस्ने रोहन चौधरी, कृष्णी देवी डगौरा, रत्ना चौधरी, आशा देवी डगौरा, सग्रामी चौधरी, विपिन चौधरी, फुलराम चौधरी, सन्तोष चौधरी, हिरा चौधरी, रिता चौधरी, क्षितिज चौधरी, अमन चौधरी, रिया चौधरी, बिरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, राकेश चौधरी, सबिन चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।