फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी कसूरमा मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिनुभएको हो ।

लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यायलले यस्तो निर्णय गरेको हो । प्रहरीले लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने राय सरकारी वकिल कार्यालयलाई दिएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।