समानुपातिकमा निर्वाचित मञ्जु शर्मा, फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीकी नेता मञ्जु शर्मा निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएपछि रिक्त भएको उक्त पदमा जसपाले सिफारिस गरेअनुसार मञ्जु शर्मा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको हो ।
रिक्त पदमा शर्मालाई निर्वाचित गर्न यसअघि जसपाले सिफारिस गरेको थियो । आयोगलेसमानुपातिक बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी मञ्जु शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरिएको घोषणा गरेको छ ।
आयोगले जनता समाजवादी पार्टीका साथै संसद सचिवालयलाई जानकारी गराउने र समानुपातिकबाट निर्वाचत सांसद शर्मालाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।