बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी), फाइल तस्वीर


काठमाडौं — सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा ५ जना प्रहरी नायव महानिरीक्षिक (डीआईजी)लाई बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सिफारिस अनुसार आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईमा बढुवा गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिले एक साताअघि रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएको थियो । एआईजीमा बढुवा हुने डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहनुभएको छ । हालका प्रहरी महानिरीक्षण (आईजीपी) धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गते शनिबारदेखि अनिवार्य अवकाशमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्नेमा डीआईजीबाट एआईजीमा बढुवा भएका मध्येबाट एक जनाले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गते शनिबारदेखि अवकाशमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो । सरकारले एआईजीबाट एक जनालाई प्रहरी महानिरीक्षमा बढुवा गर्नेछ ।