फाइल तस्वीर

काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसममा बदली भैरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविज्ञका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।