नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीर
काठमाडौं – उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । नवनिर्वाचित उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लिनुहुनेभ भइको हो ।
जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद यादव यही चैत ३ मा सम्पन्न उपराष्ट्रपति पदको निर्वाचित एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । उपराष्ट्रपतिको शपथ ग्रहण कार्यक्रमको तयारी भैरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हिजो आईतबार दिउँसो बुझाएको छ ।