काङग्रेस संसदीय दलको बैठक, फाइल तस्वरी
काठमाडौं — नेपाली काङग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । भोलि चैत ६ गते सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुने भएको पछि काङ्ग्रेसले यस्तो निर्णय गरेको हो ।
काङ्ग्रेस संसदीय दलको आज दिउँसो बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । प्रवक्ता लेखकले सरकारलाई विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने र्निणय भएको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुने भएको छ ।
बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको थियो । आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको लाइनमा बसेको थियो । पार्टीको आज बसेको बैठकले सत्ता पक्षको लाइनमा बस्ने निर्णय गरेको थियो ।