माओवादी केन्द्र स्थायी कमिटी सदस्य जयपुरी घतीर्, फाइल तस्वीर
बनेपा — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउन सुदृढीकरण अभियान थालेको बताउनुभएको छ । अखिल नेपाल टे«डयुनियन महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा बोल्दै नेता घर्तीले पार्टी सङ्गठनलाई अभियानमार्फत् सक्रिय बनाउने बताउनुभएको हो ।
अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने उहाँले बताउनुभयो । मालिक र मजदुरलाई छुट्टयाउन नसक्दा मजदुर आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले मजदुर नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले मजदुरको बलमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्नु जरुरी भएको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव पोख्रेललगायतले श्रम ऐन कार्यान्वनय गर्न र सामाजिक सुरक्षा कोषमा मजदुरवर्गलाई जोड्न सरकरसँग माग गर्नुभयो । छैठौँं जिल्ला भेलाबाट राजन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।