लोसपाका वरिष्ठ नेता राजेन्द्र महता, फाइल तस्वीर
काठमाडौं —प्रधानमन्त्री प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले भोलि ६ गते सोमबार संसदबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । सोही अवसरमा लोसपाका विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको बताउनुभएको छ । नेता महतोले भन्नुभयो “पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ” ।
बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । प्रतिनिधिसभामा लोसपाका चार जना सांसद छन् ।