काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो ।


रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको बताइएको छ ।


रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।