काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो १२ बजे बस्ने भएको हो ।
बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ । यसैगरी काङ्ग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ ।
सङ्घीय संसद् भवनको शङ्कर हलमा अहिले बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।