फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ । उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आउनुभएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले आज बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाउनुभएको हो ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आउनुभएको अवसरमा आज शीतलनिवासमा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रुपमा सांसदलाई भेटघाट गर्न खोज्नुभएको हो ।