उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख निर्वाचन आयुक्त तस्वीर
काठमाडौं – निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनिर्वाचित यादवलाई उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
नतिजा घोषणा एवम् प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका नेता र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरुको उपस्थिति थियो ।
एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले ३० हजार ३२८ मतभारसहित विजयी हुँदा सङ्घीय सांसदको १८४ र ३२९ प्रदेशसभाको मत प्राप्त गर्नुभएको थियो ।