एमाले अध्यक्ष केपी शर्मा ओली, फाइल तस्वीर


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएको छ । आज शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार असफल भएको बताउनुभएको हो ।

सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै एमाले अध्यक्ष ओलीले खुलेआम राष्ट्र विरोधी, देशद्रोही कुरा गरेर हिँडिरहदा पनि सरकार मौन धारण गरेर बसेको आरोप लगाउनुभयो । नेता ओलीले ‘देशलाई नै विदेशीसामु बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मानिस हिड्दा पनि सरकारले नसुनेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले भन्नुहुँदै देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने हो । मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिनुभएकोछ । एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको भन्दै सरकारको विरोध गर्नुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिमा पराजय भोगेपछि एमाले अध्यक्ष ओलीले सरकारको चर्कोविरोध गर्नुभएको हो । एमाले फागुन १५ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट हटेको तीन हप्ता नपुग्दै देशको स्थिति डामाडोल भएको उहाँको निश्कर्ष थियो ।