फाइल तस्वीर

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिक बदली रही कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग÷हावाहुरीसहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज काठमाडौंमा दिउँसो १÷२ बजेपछि वर्षाको सम्भावना छ । राती पनि देशभर आंशिक सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । आगामी आइतबारसम्म देशभरको मौसममा बदली हुने महाशाखाले जनाएको छ ।