काठमाडौं– त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ । विद्यार्थी भर्नालगायत विद्यार्थी सङ्गठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि नयाँ मिति सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।