संसद सचिवालय, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने मितिसहितको पत्र संसद सचिवालयमा पुगेको छ । संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार सरकारका तर्फबाट उक्त पत्र संसद सचिवालयमा पुगेको हो ।

प्रवक्ता एकराम गिरीले “यही चैत ६ गते संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र सङ्घीय संसद् सचिवालयमा आइपुगेको जानकारी पाएको छुु । अब सचिवालयले त्यसको व्यवस्थापन मिलाउन सहयोग गर्नेछ” भन्नुभयो ।