काठमाडौं – हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राती देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन ÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।