फाइत तस्वीर
काठमाडौं — आरासंहिताको उल्लङ्घन भएको भनि एमालेले दिएको उजुरीप्रति निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङग्रेससँग लिखित जवाफ मागेको छ ।
उपराष्ट्रपति पदको निर्वाचनको मौन अवधिमा काङ्ग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदहरुलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेले नेपाली काङ्ग्रेसले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी दर्ता गरेको थियाृ । निर्वाचन अधिकृतको कार्यालयमा सो सम्बन्धी उजुरी कारण लिखित जवाफ मागिएको जनाएको छ ।