सत्तारुढ गठबन्धनको बैठक, फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटरमा बसेको दल दलीय गठबन्धनको बैठक सकिएको छ । आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनाउन बसेको बैठकले आधिकारिक उम्मेदवार बनाउन सहमति जुट्न नसक्द बैठक विनानिश्कर्ष सकिएको हो ।
नयाँ उपराष्ट्रपतिका लागि चैत ३ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् । जसपाकै अर्की उम्मेदवार प्रतिलाकुमारी यादवले आफ्नो समर्थन रामसहायप्रसाद यादवलाई रहेको भन्दै उम्मेदवारबाट पछि हटेकी थिइन् ।
साझा उम्मेदवार तय गर्न साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि उम्मेदवारका विषयमा सहमति जुट्न सकेन । दश दलको बैठक भोलि बस्ने र साझा उम्मेदवार बनाउने आजको बैठकमा भद्र सहमति जुटेको बताइएको छ ।