काठमाडौं — सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रारम्भ भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । दश दलका शीर्ष नेताहरुको उपस्थितिमा बालुवाटारमा जारी रहेको सो बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार एवम् प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, नेपाल समाजवादीका डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, जनतमत पार्टीका सीके (चन्द्रकान्त) राउत तथा प्रभु शाहलगायतका नेताहरुको सहभागिता रहेको छ ।