फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले नेपाली काङ्ग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । काङग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेले उजुरी दिएको हो ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसद्हरुलाई निर्देशन दिन गरेको काङ्ग्रेसको निर्णयप्रति एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले सचेतक महेश बर्तौलाले “नेपाली काङ्ग्रेसले गरेको निर्णयले उपराष्ट्रपति जस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको छ । यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ । आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौ । यस बारेमा निर्वाचन आयोगमा उजुरीसमेत दर्ता गरेका छौं ।” भनि जानकारी गराउनुभएको छ ।