फाइल तस्वीर
काठमाडौं — संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । आज बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनुभएको हो । फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो ।

उपराष्ट्रपति पदको लागि यही चैत ३ गते शुक्रबार निर्वाचन हुँदैछ । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ ।

आजै बसेको बैठकले सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान घटाएको र मलको मूल्य वृद्धि गरेको विषयलाई अदूरदर्शी, अमानवीय र अनुचित रहेको निष्कष दिकाल्दै उक्त निर्णय फिर्ता लिन माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभएको छ ।