पोखरा– पोखरामा चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छ्न् । पोखरा महानगरपालिका–१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा तुल्सीकुञ्ज कालिज फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन् । घाइते ठकूरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ भने अर्का घाइते तिमिल्सनाको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुवै घाइतेको अवस्था सामान्य रहेको परिवारले जनाएको छ । आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ । चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र वन कार्यालयको टोली खटिएको थियो । आक्रमणपश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको छ ।

मृत चितुवालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।