प्रमुख स्वकीय सचिवडा सुरेशचन्द्र चालिसे , फाइल तस्वीर
काठमाडौं — पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे राष्ट्रपतिकोे प्रमुख स्वकीय सचिवमा नियुक्त हुनुभएको छ । राष्ट्रपति पौडेलले डा. चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको हो ।

डा चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालका लागि अमेरिका र बेलायतक लागि राजदूतको जिम्मेवारी सम्हालिसक्नुभएका चालिसे स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार हुनुभएको थियो ।

यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ । उहाँ लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्छ । गत मङ्सिर ४ गते भएको निर्वाचनमा तनहँु क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले सोमबार राष्ट्रपति पदको शपथ लिनुभएको थियो ।