फाइल तस्वीर
काठमाडौं — आसन्न उपराष्ट्रपति निर्वाचनका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा आफुलाई मत दिन यादवले आग्रह गर्नुभएको हो ।
जनता समाजवादी पार्टीका सांसद् समेत रहनुभएका यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई भेटेर सहयोगको याचना गर्नुभएको छ । प्रधानमन्त्री दाहाल सहित एसका अध्यक्ष नेपालले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने बचन दिनुभएको बताइएको छ ।