फाइल तस्वीर
काठमाडौं — माओवादीधारकी नेतृ हिसिला यमीले द्वन्द्वकालीन मुद्दा उप्काएर शान्ति प्रकृयामाथि हमला गर्न खोजिएको दावी गर्नुभएको छ । आईतबार माओवादीधार आठ पार्टीले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै यमीले यस्तो धारणा व्यक्त गर्नुभयो ।

नेतृ यमीले शान्ति सम्झौता प्राविधिक विषय मात्र नभएको भन्दै “यो शान्ति प्रकृयामाथिको हमला हो । शान्ति सम्झौता छ, यो प्राविधिक सम्झौता मात्र होइन विस्तृत शान्ति सम्झौता हो ।

यसले राजनीतिक आर्थिक सामाजिक रुपान्तरण हो,” उहाँले “यसले संविधान बनायो । दोस्रो नेपाली सेना र जनमुक्ति सेनाबीच युनियन गरायो । अब बाँकी रहेको भनेको द्वन्द्वकालीन मुद्दाका लागि बनेका आयोगहरूको काम मात्र बाँकी छ” भन्नुभयो ।