आम जनता पार्टीका अध्यक्ष प्रभु साह, फाइल तस्वीर


काठमाडौं — द्वन्द्वकालीन घटनालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई हतोत्साही गराउन खोजिएका आम जनता पार्टीले जनाएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काम गर्न नदिने योजना अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतमा लगिएको बताउनुभएको हो ।

जनयुद्धकालीन माओवादी नेताका पार्टीहरुको आज आईतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा नेता साहले देशको कार्यकारी प्रमुखलाई हतोत्साहित पारेर नेपाललाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता साहले ‘यतिबेला प्रचण्डजी देशको कार्यकारी प्रमुख हुनुहुन्छ । देश अहिले स्थिरततातिर अगाडि बढ्छ भन्ने आत्मविश्वास जागृत भइरहेको सन्दर्भमा उहाँलाई ह्यारासमेन्ट बनाउने गरी खेलहरु अगाडि आउनु भनेको यो गम्भीर विषय हो’ भन्नुभयो ।

कार्यकारी प्रमुखलाई काम गर्न नदिने र नेपाली समाजलाई गुमराहमा राख्ने योजनाअनुसार द्वन्द्वकालीन घटना उछालिएको भन्दै आज जनता पार्टीका अध्यक्ष साहले ‘नेपाली समाजलाई फेरि गुमराहमा राखिराख्ने र नेपालमा केही गर्छु भन्नेहरुलाई निसाना बनाउने षडयन्त्र गरिंदैछ’ भन्नुभयो ।