फाइल तस्वीर

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको बताउनुभएको छ । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको बताउनुभएको हो ।

उहाँले अघिल्लो प्रतिनिधिसभा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता भएपनि एमालेले असहयोग गर्दा उक्त विधेयक रोकिएको बताउनुभयो । महासचिव गुरुङले सरकारले सर्वोच्च अदालतको आदेशअनुसार सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संसदमा दर्ता गरेको तर एमालेको असहयोगले रोकिएको दावी गर्नुभएको छ ।

सदनमा विधेयक अड्काएर द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दासरह नियमित अदालतमा लैजाने प्रवृत्ति देखिएको गुरुङको तर्क छ ।