फाइल तस्वीर
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घको २४औं साधारणसभा आज हुने भएको छ । महासङ्घको २४ औं साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने उक्त साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ ।
साधारण सभामा देशभरबाट करिब १ हजार १ सय प्रतिनिधि र पाँच सय पर्यवेक्षक सहभागी हुनेछन् ।