फाइल तस्वीर
काठमाडौं — जनपथ प्रहरीमा रिक्त पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
आज बसेको बढुवा सिफारिस समिति बैठकले प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रहरी अतिरित्त महानिरीक्षकमा सिफारिस गरिएका डिआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेकाछन् ।