काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार तोकिएको पेसी हेर्न नभ्याइने भन्दै शुक्रबारलाई सारिएको हो ।
प्रचण्डविरुद्ध दायर रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटकोे सुनुवाइ अहिले भइरहेको छ ।