काठमाडौं — सभामुख देवराज घिमिरे आज बहराइन जाने हुनुभएको छ । भोलि फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लाग्नुभएको हो । सभामुखमा निर्वाचित भएपछि उहाँको पहिलो विदेश भ्रमण हो ।
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार बहराइनतर्फ जान लाग्नुभएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली काङ्ग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनुहुनेछ ।