फाइल तस्वीर

काठमाडौं – माओवादी धारका नेताहरुको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले बिहान ८ बजे बस्न लागेको सो बैठकमा सशस्त्र द्वन्द्वकालिन मुद्धा तथा सङ्क्रमणकालिन न्यायबारेमा छलफल हुने भएको हो ।
सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएपछि माओवादीले त्यसमा असहमति जनाएको छ । सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।
यसअघि बालुवाटारमै भेला भएका माओवादी धारका पार्टीहरूबीच आज दोस्रोपटक छलफल हुन लागेको हो । ‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै दस माओवादी समूह एकतातर्फ अघि बढेका छन्।