काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न दलका नेताहरुले बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि संसद् भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल लगायतका नेताहरुले बधाई तथा शुभकामना दिनुभएको हो ।




आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।