रामसहायप्रसाद यादव :फाइल तस्वीर
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले उपपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाएको छ । जसपा सांसद प्रदीप यादवका अनुसार आज बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रामसहाय प्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । जसपा अध्यक्ष उपेन्द्र यादव उनलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदैछ ।