काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।
रास्वपाका एक सांसदले भन्नुभयो, ‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरौं । अब मत हाल्न जाँदैछौं ।’ रास्वपाका १९ जना सांसद्ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएका हुन् ।