एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति निर्वाचनमा भोट क्रसको कुनै सम्भावना नरहेको दावी गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको दावी गर्नुभएको हो ।
आज बिहीबार नयाँ राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष नेपालले भोट क्रस नहुने भन्दै जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् भन्नुहुँदै अध्यक्ष नेपालले नेताहरुले नैतिक मूल्य र मान्यताको राजनीति जिकिरसमेत गर्नुभयो । अध्यक्ष नेपालले ‘यस अर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरू, स्वतन्त्र व्यक्तिहरू आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्योभन्दा भिन्न ढङ्गले प्रभावित हुन्छन् भन्नेलाग्दैन ।