फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदातलमा परेको रिटको सुनुवाई आज बिहीबार हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त पेशीको प्रारम्भिक सुनुवाई आज हुन लागेको हो ।
प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले २३ गते मङ्गलबार सर्वोच्चमा प्रचण्डविरुद्धको रिट दर्ता गरेका थिए । दश वर्षे जनयुद्धका क्रममा मारिएका मध्ये पाँच हजारको जिम्मा नैतिक रुपमा आफुले लिने र बाँकी तात्कालीन सरकारले लिनुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई वर्षअघि सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।