प्रतिकात्मक तस्वीर
रौतहट – रौतहटमा आगोमा परेर ६ महिने शिशुको मृत्यु भएको छ । मङ्गलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु हो । राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ ।
आगलागीबाट राउतको घर तथा अन्न लत्ताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।