काठमाडौं — आठ दलीय कार्यदलको बैठक बस्दै छ । राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा छलफल गर्न नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे भएको हो ।
सो बैठकमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागी हुन लाग्नुभएको हो ।
राष्ट्रपति, उपराष्ट्रपति चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ ।