काठमाडौं — फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट अर्थात् आज तराई–मधेशमा होली पर्व मनाइन लागेको हो ।
तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरु मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ । होलीका अवसरमा आज मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।