फाइल तस्वीर
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट दुई तिहाईभन्दा बढी विश्वासको मत पाउनुभएको हो ।

आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत माग्नुभएको थियो । कुल ५३ सदस्यसङ्ख्या रहेको उक्त प्रदेशसभामा सभाखुमबाहेक ५२ जना सांसदहरुमध्ये मुख्यमन्त्री शाहले ४१ मत पाउनुभयो भने विपक्षमा जम्मा ११ मत प¥यो ।

कुल ५३ सदस्यीय प्रदेशसभामा नेपाली काङ्ग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखसहित ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा (एकीकृत समाजवादी)का ४ जना र राप्रपा र स्वतन्त्र १÷१ सांसद छन् । मुख्यमन्त्री शाहलाई काङ्ग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका थिए भने एमालेका १० जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू विपक्षमा मत जाहेर गरे ।

यसअघि मुख्यमन्त्री बन्नुभएका एमालेका राजेन्द्रसिंह रावलले पटक पटक विश्वासको मतमाग्दा पनि विश्वासको मत पाउन नसकेपछि रावल नेतृत्वको सरकार एक महिनामै ढलेको थियो । रावलको सरकार ढलेपछि प्रदेशप्रभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।