काठमाडौं — आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न यहि फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला स्थगित भएको हो ।
आउँदो बिहीबार हुने राष्ट्रपति चुनावका लागि सत्ता पक्षीय आठ दलले बुधबार सङ्घीय र प्रदेश सांसदहरुको संयुक्त भेला बोलाएका थिए । तर निर्वाचनको मौन अवधि अर्थात् आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागू हुने भएपछि स् सांसदहरुको भेला थगित गर्नुपरेको बताइएको छ ।
आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार सङ्घीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार सङ्घीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो । औपचारिक भेला स्थगित भए पनि दलहरुले आफ्ना सांसद्लाई अनौपचारिक रुपमा प्रशिक्षित भने गर्ने बताइएको छ ।