फाइल तस्वीर

काठमाडौं — सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गर्ने भएको छ । आज आइतबार दिउँसो ३ बजे राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गर्न लागिएको हो ।

सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।