फाइल तस्वीर

काठमाडौं – सत्तारुढ आठ दलीय गठबन्धनको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक बस्ने भएको हो ।
बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ । आजको बैठकमा राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र नेपाली काङ्ग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता छ । नेता पौडेललाई आठ दलीय गठबन्धनको साथ छ ।