काठमाडौं — काभ्रेपलाञ्चोक जिल्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा समेत महशुस भएको छ ।